विश्वकै सबैभन्दा ‘हट’ मोडल, तर वास्तविक होइनन् उनी
काठमाडौँ । एमिली पेलेग्रिनी इन्सटाग्राममा आएको चार महिना पनि भएको छैन । तर, उनका १ लाख ५० हजारभन्दा बढी फ्यानहरूले दैनिकरुपमा तारिफ र डेटको प्रस्ताव बर्साइरहेका हुन्छन् । यद्यपि, उनी वास्तविक युवती भने होइनन् ।

पछिल्लो समय एआईले तयार गरिएका सोसल मिडिया इन्फ्लुएन्सरहरु बढेका छन् । यसअघि पनि एआईबाट तयार गरिएको स्पेनिस फिटनेस मोडल एटानाले मासिक हजारौँ डलर कमाइरहेको समाचार आएको थियो । इन्सटाग्राममा आएको चार महिनामा नै एटानाले १ लाख १० हजारभन्दा बढी फलोअर कमाएकी थिइन् । एउटा सञ्चार एजेन्सीले उनलाई तयार गरेको हो । तर, उनी वास्तविक युवतीजस्तै देखिन्छिन् ।

यता च्याटजिपीटीको गाइडलाइन अनुसार तयार गरिएकी एमिलीले पनि मिडियामा राम्रै चर्चा कमाइरहेकी छन् । यस विषयमा विवाद पनि भइरहेको छ ।
‘मैले च्याटजिपीटीलाई एउटा औसत मानिसको सपनाको युवती कस्तो हुन्छ भनेर सोधेको थिएँ,’ एमिलीका अज्ञात निर्माताले भने, ‘मैले ठ्याक्कै त्यही अनुसार उनलाई तयार गरेँ । एमिलीलाई आकर्षक र सबैले मन पराउने बनाउनु मेरो उद्देश्य थियो । म उनलाई सकेसम्म वास्तविक बनाउन चाहन्थेँ ।’
सामाजिक सञ्जालमा आएको चार महिनामा उनले १० हजार डलरभन्दा बढी कमाइसकेकी छिन् । अहिले उनको बहिनी फयोना पेलेग्रिनी पनि तयार भइसकेको छ । उनको पनि ३० हजारभन्दा बढी फलोअर्स रहेका छन् । जुन हरेक दिन बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण