अनुसन्धाताहरूले बनाए खाँदै नखाई अघाएको महसुस गराउने चक्की
काठमाडौँ । एमआईटीका अनुसन्धाताहरूले अघाएको महसुस गराउने चक्की बनाएका छन् । प्रयोगकर्ताको पेटको ग्याष्ट्रिक तरलसँग सम्पर्कमा आउने बित्तिकै यो हाई टेक चक्कीले भाइब्रेट गर्न थाल्ने अनि अघाएको आभास गराउने समाचारमा उल्लेख छ ।
यो चक्कीको नाम भाइब्रेटिङ इन्जेष्टिबल बायोइलेक्ट्रिक स्टीमुलेटर अर्थात् भाइब्स राखिएको छ । यो चक्की हालै मात्र सार्वजनिक गरिएको हो । यसलाई सञ्चार माध्यमहरूले भविष्यमा तौल कम गर्ने अचुक उपाय बताइरहेका छन् । यो चक्कीलाई मानवमा परीक्षण गर्न बाँकी नै छ । भाइब्स जडान गरिएको सुँगुरहरूले स्मार्ट पिल नभएको तुलनामा ४० प्रतिशत कम खानेकुरा खाएका थिए ।
यो चक्कीले पेटमा खानेकुरा टम्म भएको आभास गराउँछ । यसले हामीलाई टन्न अघाएको महसुस गराउने हर्मोन अर्थात् हाइपोथाल्मसको स्तर बढाउने बताइएको छ । यो चक्की खाना खानु अघि २० देखि ३० मिनेट अघि खानु पर्छ । यो चक्की भिटामिनको क्याप्सुल जत्रै छ । यो चक्की ब्याट्रीबाट चल्छ । मोटोपनाबाट ग्रसित बिरामीहरूको उपचारमा यो चक्की निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
तर बिरामीका लागि यो चक्की उपलब्ध गराउनु अघि यसले प्रयोगकर्तामा पार्ने मानसिक असरबारे भने थप अध्ययन हुन जरुरी भएको बताइएको छ । मानवमा यसको परीक्षणका लागि अनुसन्धानकर्ताहरुले चक्कीको उत्पादन बढाउने तरिकाहरू सोच्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण