रूस जान किन रोकेको भन्दै आक्रोश

काठमाडौँ । युक्रेन–रसिया युद्धका कारण नेपालीहरूलाई त्यहाँ जान रोक लगाएको छ । सरकारले नेपालीहरूलाई युक्रेन र रूस जान रोक लगाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति दिन बन्द गराएको छ । त्यस्तै पराष्ट्र मन्त्रालयले समेत भिजिट भिसा लगायतबाट जान रोक लगाएको छ ।
रूसी सेनामा भर्ना भएका १० जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयको तथ्यांक छ । कतिको संख्यामा नेपालीहरू रुसी र युक्रेनी सेनामा छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन । तर, रूस जान खोज्ने नेपालीको संख्या बढ्दो छ । आकर्षक तलब पाइने आशमा नेपालीहरूलाई रसिया पठाउने दलालहरू सक्रिय नै छन् ।
त्यस्ता गिरोहहरूलाई सरकारले पक्राउ समेत गरिरहेको छ । व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति लिएर रुस जान खोज्नेको संख्या निकै बढी छ । त्यहाँ गएर नेपालीहरु सिधै रूसी सेना (भाडाका सेना) मा जाने गरेका छन् । यस्तो अवस्थालाई मध्यनजर गर्दै सरकारले युक्रेन र रूसको श्रम स्वीकृति रोकेको हो । श्रम स्वीकृति रोकिएपछि केही श्रम मन्त्रालयले पुगेर रूस जान किन रोकेको भन्दै प्रश्न गर्न थालेका छन् ।
मन्त्रालयका एक अधिकारीका अनुसार आज मात्रै एकजना मन्त्रालयमा पुगेर रूस जान किन रोकेको भन्दै आक्रोशित भएका थिए । ‘रूसमा युद्ध जारी रहेको, नेपालीहरू धमाधम मारिरहेको अवस्थामा पनि रूस जान किन बन्द गरेको भन्दै आक्रोशित हुदै आउने गरेका छन्’ ती अधिकारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता