ललितपुर महानगरद्वारा खेलकुद क्लबलाई ३७ लाख सहयोग
ललितपुर । ललितपुर महानगरपालिकाले ललितपुरका खेलकुद क्लबलाई आर्थिक सहयोग गरेको छ । महानगरपालिकाले ११ क्लबलाई रु ३७ लाख सहयोग गरेको छ ।
महानगरले वार्षिक बजेटमा व्यवस्था भएअनुसार महानगरभित्रका ‘ए’ ‘बी’ र ‘सी’ डिभिजनमा रहेका खेलकुद क्लबलाई क्रमशः रु चार लाख, रु तीन लाख र रु दुई लाखका दरले रकम उपलब्ध गराएको हो ।
यसैगरी विभिन्न प्रतियोगितामा विजय हासिल गरेका क्लबलाई समेत नगदसहित पुरस्कृत गरिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । पुरस्कृत हुनेमा ‘ए’ डिभिजनमा रहेका थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्डस् क्लब, सातदोबाटो युथ क्लब र चर्च व्वाइज युनाइटेड क्लब रहेका छन् ।
यस्तै ‘बी’ डिभिजनमा रहेका च्यासल युथ क्लब, ब्रिगेड व्वाइज र खुमल्टार युथ क्लब तथा ‘सी’ डिभिजनमा रहेका सानेपा युथ क्लब, खालीबारी युथ क्लब, पुल्चोक स्पोर्टस् क्लब र झम्सिखेल युथ क्लबलाई पुरस्कृत गरिएको छ । सबै क्लबलाई प्रमुख महर्जनले रकमको चेक हस्तान्तरण गरे ।
“आगामी दिनमा खेलकुद क्लबलाई प्रदान गरिने रकममा वृद्धि गर्छौँ”, प्रमुख महर्जनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण