बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत प्राधिकरणले काट्यो हुलास स्टिलको बिजुली

सोमबार, २३ पुस २०८०, १६ : ०८
सोमबार, २३ पुस २०८०

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत आपूर्ति लिएको थप एक उद्योगको लाइन काटेको छ । प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टीलको विद्युत् लाइन सोमवार बिहान काटेको हो ।

उद्योगको नाममा मङ्सिरसम्मको बक्यौता रकम  ४३ करोड २४ लाख रुपैयाँ रहेको छ । प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेको छ । यसमध्ये हिमाल स्टीलले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यस बापतको पहिलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप