राष्ट्रिय सभा निर्वाचनको टिकट वितरण न्यायोचित भएन : नेता कोइराला
सोमबार, २३ पुस २०८०, १९ : ५६
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय सभा निर्वाचनको टिकट वितरण न्यायोचित नभएको बताएका छन् ।
सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले सीमित सिटका कारण निष्ठावान्, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी नेताहरूलाई न्याय गर्न चाहेर पनि सम्भव नभएको बताएका हुन् ।
उनले लेखेका छन्,‘तर, पनि पार्टीमा अवसरको समान वितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो थियौँ । यति हुँदाहुँदै हामी कति सफल या असफल भयौँ, पार्टीको वर्तमान ढाँचा, सोच र निर्णय प्रक्रियालाई प्रभावित गर्ने शक्ति के कस्ता छन् भनेर साथीहरूले मनन गर्नुभएको र गर्नुहुने छ भन्ने विश्वास लिएको छु ।’
नेता कोइरालाले टिकट वितरणमा आफूले कुनै गल्ती–कमजोरी गरेको भए त्यसलाई स्विकार्दै अगाडि बढ्ने उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण