माल्टा पठाइदिन्छु भन्दै ठगी, मेनपावर सञ्चालकसहित दुईजना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–८ घर भई हाल काठमाडौँको टोखा बस्ने ४४ वर्षीय टंकप्रसाद सुवेदी रहेका छन् ।
सुवेदीले तुलसी राम कँडेललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु, प्रतिष्ठित होटलमा काम लगाइदिन्छुभन्दै ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । फरार रहेका सुवेदीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुस २२ गते बसुन्धराबाट पक्राउ गर्न सफल भएको थियो ।
त्यस्तै, माल्टा नै पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा झापाको बिर्तामोड नगरपालिका–४ घर भएका ३४ वर्षीय विक्रम दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ । हाल ललितपुर बस्दै आएका दाहालले विनिता तामाङलाई माल्टाको प्रतिष्ठित होटलमा जागिर लगाइदिन्छु भन्दै ८ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए ।
उनलाई पुस २२ गते ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण