ट्रंक र डेडिकेटेड विवादमा प्राधिकरणसँग दोस्रो विकल्प नै थिएन : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिद्युत् प्राधिकरणसँग ट्रंक र डेडिकेटेड लाइन विवादमा विकल्प नरहेको बताएका छन् ।पूर्वाधार समितिको आजको बैठकमा बोल्दै मन्त्री बस्नेतले बिद्युत् प्राधिकरणसँग दोस्रो विकल्प नै नरहेको बताएका हुन् ।
उनले लेखा समितिले प्राधिकरणको व्यवस्थापक माथि दबाब दिँदै बक्यौताको महसुल उठाउन निर्देशन दिएको स्थिति रहेको समेत बताए । प्राधिकरणले उठाउन बाँकी रहेको बक्यौता रकमलाई तीन खण्डमा विभाजन गर्दा ६ अर्ब तत्काल उठाउन पर्ने देखिएको उनको भनाई छ ।
प्राधिकरणले ६१ उद्योगहरूबाट २२ अर्ब २४ करोड उठाउन बाकी छ । यसमध्ये १५ अर्ब बक्यौताबापतको रकम रहेको र थप रकम ब्याज र जरिवानाबापतको भएको मन्त्री बस्नेतको भनाई छ ।
ट्रंक र डेडिकेटेड लाइनको विवादलाई तीन खण्डमा विभाजन गर्दा ६ अर्ब तत्काल उठाउन पर्ने देखिएको मन्त्री बस्नेतले बताए । बाँकी पहिलो र तेस्रो खण्डको बक्यौताको विषयमा बिद्युत् नियमन आयोगले निर्णय गर्न सक्ने प्रावधान रहेको छ । लेखा समितिले रकम तत्काल उठाउन निर्देशन दिएको र प्राधिकरणको सञ्चालक समितिले समेत बक्यौता उठाउन दबाब दिएपछि प्राधिकरणसँग दोस्रो विकल्प नरहेको उनको भनाई छ ।
सोहिकारण प्राधिकरणले रकम उठाउने लक्ष्यसहित पछिल्लो कदम चालेको उनले समिति बैठकमा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण