सलमानको फार्महाउसमा पर्खाल नाघेर प्रवेश गरेका दुई युवक पक्राउ
मुम्बई । ज्यान मार्ने धम्की पाइरहने बलिउड अभिनेता सलमान खानको पनवेलस्थित फार्महाउसमा बिना इजाजत प्रवेश गर्ने प्रयास गरेको आरोपमा पञ्जाबका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार नवी मुम्बई प्रहरीका एक अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।
पक्राउ पर्नेमा अजेश कुमार गिला र गुरु सेवक सिंह सिख रहेका छन् । उनीहरू झाडीमा लुकेर फार्म हाउसको पर्खाल नाघेर भित्र पसेका थिए । तर, फार्महाउसका म्यानेजरले उनीहरूलाई पक्रेर मुम्बई प्रहरीलाई बुझाएका थिए ।
प्रहरीका अनुसार दुवैलाई सोधपुछपछि छाडिएको छ । अधिकारीहरूका अनुसार यो घटना ४ जनवरीको हो । दुवै पञ्जाब निवासी हुन् । उनीहरू मुम्बईको बोरीवलीमा बस्दै आएका छन् ।
सलमानमाथि सन् १९९९ मा राजस्थानको जोधपुरमा कालो हिरणको शिकार गरेको आरोप छ । यही कारण सन् २०२२ मा ग्यांगस्टर लरेन्स बिश्नोईले उनलाई ज्यान मार्ने धम्की दिएका थिए । त्यसपछि मुम्बई प्रहरीले उनलाई वाई प्लस सुरक्षा दिनुका साथै हतियारको लाइसेन्स पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण