सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानको फार्महाउसमा पर्खाल नाघेर प्रवेश गरेका दुई युवक पक्राउ

मङ्गलबार, २४ पुस २०८०, १५ : ४०
मङ्गलबार, २४ पुस २०८०

मुम्बई । ज्यान मार्ने धम्की पाइरहने बलिउड अभिनेता सलमान खानको पनवेलस्थित फार्महाउसमा बिना इजाजत प्रवेश गर्ने प्रयास गरेको आरोपमा पञ्जाबका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार नवी मुम्बई प्रहरीका एक अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

पक्राउ पर्नेमा अजेश कुमार गिला र गुरु सेवक सिंह सिख रहेका छन् । उनीहरू झाडीमा लुकेर फार्म हाउसको पर्खाल नाघेर भित्र पसेका थिए । तर, फार्महाउसका म्यानेजरले उनीहरूलाई पक्रेर मुम्बई प्रहरीलाई बुझाएका थिए ।

प्रहरीका अनुसार दुवैलाई सोधपुछपछि छाडिएको छ । अधिकारीहरूका अनुसार यो घटना ४ जनवरीको हो । दुवै पञ्जाब निवासी हुन् । उनीहरू मुम्बईको बोरीवलीमा बस्दै आएका छन् ।

सलमानमाथि सन् १९९९ मा राजस्थानको जोधपुरमा कालो हिरणको शिकार गरेको आरोप छ । यही कारण सन् २०२२ मा ग्यांगस्टर लरेन्स बिश्नोईले उनलाई ज्यान मार्ने धम्की दिएका थिए । त्यसपछि मुम्बई प्रहरीले उनलाई वाई प्लस सुरक्षा दिनुका साथै हतियारको लाइसेन्स पनि दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप