न्याय सेवाका २१९ कर्मचारीको सरुवा, ५० जनाको बढुवा (सूचीसहित)
काठमाडौँ । न्याय सेवा आयोगले दुई सय १९ जना अधिकृतको सरुवा गरेको छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अध्यक्ष रहने आयोगले मंगलबार उच्च अदालत पोखरा, दिपायल, विराटनगरसँगै जिल्ला अदालतहरू सिन्धुपाल्चोक, महोत्तरी, नुवाकोट लगायत कार्यालयहरूमा न्याय सेवाका कर्मचारी सरुवा गरेको हो ।
सर्वोच्च अदालतका इजलास अधिकृत मुकुन्द आचार्यलाई उच्च अदालत पोखराको वाग्लुङ इजलासमा रजिस्ट्रार, सर्वोच्चकै अर्का इजलास अधिकृत रातादत्त बडुलाई उच्च अदालत दिपायलको उपरजिष्ट्रार र उच्च अदालत पाटनका उपरजिष्ट्रार विष्णु प्रसाद पाण्डेयलाई उच्च अदालत विराटनगरको स्थायी इजलास ओखलढुंगामा रजिष्ट्रारको रूपमा सरुवा गरेको छ ।
त्यस्तै सर्वोच्च अदालतका शाखा अधिकृत पुष्कर थापालाई बारा जिल्ला अदालत, उच्च अदालत पाटनको हेटौँडा इजलासका इजलास अधिकृत हरिनारायण ज्ञवालीको डोल्पा जिल्ला अदालतमा तहसिलदारको रूपमा सरुवा गरेको छ । आयोगले सुर्खेत, मुगु, बाँके लगायत जिल्ला अदालतहरूमा शाखा अधिकृतको सरुवा गरेको छ ।
आयोगले कानुन समूहका अर्जुन प्रसाद खनाल र राजन नेपाललाई कानुन समूह राप्र प्रथम श्रेणी सहसचिव वा सो सरहमा बढुवा गरेको छ । त्यस्तै सरकारी वकिल तर्फ रुद्र प्रसाद पन्थी र उमाकान्त पौडेललाई राप्र प्रथम श्रेणी सहसचिव वा सो सरहमा बढुवा गरेको छ ।
आयोगले न्याय समूहका उपसचिव वा सो सरहका पदमा १४ जनाको बढुवा गरेको छ भने कानुन समूहका तीन जना र सरकारी वकिल समूहका ६ जनलाई उपसचिव सरहमा बढुवा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण