डा. विशद दाहालमाथिको निलम्बन तत्काल फिर्ता गर्न शिक्षामन्त्रीको निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौँ मेडिकल कलेजले आवासीय चिकित्सक डा. विशद दाहालमाथि गरेको निलम्बन तत्काल फिर्ता गर्न निर्देशन दिएका छन् । विश्वविद्यालयको सहकुलपतिको हैसियतमा मन्त्री राईले आवासीय चिकित्सक डा. विशद दाहालमाथि काठमाडौँ मेडिकल कलेजले गरेको निलम्बन तत्काल फिर्ता गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिएका हुन् ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव सुरेश अधिकारीले मंगलवार मन्त्री राईले काठमाडौँ विश्वविद्यालय ऐन २०४८ को दफा १३(क) उपदफा(३) बमोजिम निर्देशन विश्वविद्यालयलाई निर्देशन दिएको जानकारी दिए । मन्त्री राईले काठमाडौँ विश्वविद्यालयबाट हेल्थ क्याम्प र फिल्ड भिजिट सम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र विद्यार्थीहरूलाई स्वास्थ्य शिविरमा पठाउन पनि निर्देशन दिएको उनले बताए ।
सचिव अधिकारीले मन्त्री राईले दिएको निर्देशनको ब्यहोरा जानकारी दिँदै भने, ‘ ... चिकित्सा शिक्षा आयोगबाट उल्लेखित नीति र सुधारका मापदण्ड र काठमाडौँ विश्वविद्यालयबाट हेल्थ क्याम्प र फिल्ड भिजिट सम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र स्वास्थ्य शिविरमा विद्यार्थी पठाउने कार्य गर्न, गराउनु हुन । निलम्बित विद्यार्थी डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार गर्न गराउन काठमाडौँ विश्वविद्यालय ऐन २०४८ को दफा १३(क) उपदफा(३) बमोजिम निर्देशन दिएको छु ।’
मन्त्री राईले काठमाडौँ विश्वविद्यालयबाट हुने निर्देशनलाई पालना गरी मन्त्रालयलाई जानकारी गराउन भन्दै काठमाडौँ मेडिकल कलेजलाई बोधार्थ समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण