साइबेरियामा धावनमार्गबाट रुसी विमान चिप्लियो
मङ्गलबार, २४ पुस २०८०, १६ : ५२
भ्लादिभोस्तोक । रुसी विमान सेवा प्रदायक कम्पनी नोर्डस्टार एयरलाइन्सको एउटा विमान धावनमार्गमा चिप्लिएको छ । कम्पनीको बोइङको ७३७–८०० विमान स्थानीय समयअनुसार बिहान १० बजे साइबेरियाको नोरिल्स्क विमानस्थलमा धावनमार्गबाट चिप्लिएको हो ।
घटनाको समयमा विमानभित्र १७६ जना सवार थिए । विमानमा १६८ जना यात्रुसहित ६ जान क्रु मेम्बरहरु रहेको रुसी उड्ययन संस्था ‘फेडरल एयर ट्रान्सपोर्ट एजेन्सी’ले बताएको छ । यो घटनामा कोही पनि घाइते नभएको बताइएको छ ।
विमानमा पनि खासै ठुलो क्षति नपुगेको समाचारहरू आइरहेका छन् । विमान धावनमार्गमा कसरी चिप्लियो भन्नेबारे छानबिन भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण