फेब्रुअरी २ मा लञ्च हुँदै एप्पलको भिजन प्रो हेडसेट
वाशिङटन डीसी । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले छिट्टै अमेरिकामा आफ्नो मिक्स्ड रियालिटी हेडसेट भिजन प्रो लञ्च गर्दैछ । कम्पनीले सोमबार बताएअनुसार फेब्रुअरी २ देखि घरेलु बजारमा भिजन प्रो विक्रीका लागि उपलब्ध हुनेछ ।
यसको लागि प्रि–बुकिङ भने जनवरी १९ को साँझ ५ बजेदेखि सुरु गरिनेछ । कम्पनीले गएको वर्ष जुनमा वल्र्डवाइड डेभलपर कन्फ्रेन्समा भिजन प्रो सार्वजनिक गरेको थियो ।
हेडसेटले अगमेन्टेड रियालिटी र भर्चुअल रियालिटी दुवै प्रविधिलाई सपोर्ट गर्छ । यो भिजनओएस अपरेटिङ सिष्टममा चल्छ । अमेरिकाका सारा एप्पल स्टोर र अनलाइन स्टोरमा भिजन प्रो किन्न पाइनेछ । कम्पनीको खुद्रा स्टोरमा प्रयोगकर्ताहरुले हेडसेटका लागि साइन अफ गरेर चलाउन पाउनेछन् । २५६ जीबी स्टोरेज सहितको भिजन प्रोको शुरुआती मूल्य ३ हजार ४९९ अमेरिकी डलर रहेको छ ।
कम्पनीले अमेरिका बाहेक अन्य देशमा भिजन प्रो लञ्च र सोको मूल्य सार्वजनिक गरेको छैन । भिजन प्रोमा सोलो निट ब्यान्ड र ड्युअल लूप ब्यान्ड छ । यसमा एउटा लाइट सिल, दुई ओटा लाइट सिल कुशन, भिजन प्रो कभर, ब्याट्री, यूएसबी–सी चार्ज केबल र यूएसबी–सी पावर एडप्टर पनि आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण