कुकुर-बिरालोलाई सार्वजनिक स्थलमा दिशा पिसाब गराए ५ हजार जरिवाना
काठमाडौँ । घरपालुवा कुकुर-बिरालोलाई सार्वजनिक स्थानमा दिशा पिसाब गराउनेलाई महानगर प्रहरी बलले कारबाही गराउन थालेको छ । काठमाडौँ महानगरपालिका कुकुर/बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेख कार्यविधिबमोजिम जरिवाना तिराउन थालेको हो । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र भएका कुकुर र बिरालाहरुको सुरक्षा र व्यवस्थापनका लागि कार्यविधि बनाइएको हो । जसअनुसार ५ हजारसम्म जरिवाना हुने व्यवस्था छ ।
कार्यविधिले घरपालुवा कुकुर बिरालालाई दर्ता गराउनु पर्ने, तिनीहरुको रेखदेख, हेरचाह, नियमित खोप, औषधि उपचारको व्यवस्था गर्ने दायित्व जसले पालेको छ, उसैले गर्नुपर्ने प्रबन्ध गरेको छ । महानगरपालिकाले सामुदायिक कुकुर र बिरालाहरुको बन्ध्याकरण, खोप र अभिलेखन कार्यक्रम चलाउँदाका प्रक्रिया, शुल्क, दायित्वजस्ता विधिको व्यवस्था गरेको छ।
कार्यविधिले महानगरपालिका क्षेत्रभित्रका मठ मन्दिर, पार्क तथा निषेधित क्षेत्रमा कुकुर र बिरालोलाई छाडा रूपमा छोड्न रोक लगाएको छ । घरपालुवा कुकुर बिरालालाई शौच गराउने व्यवस्था पाल्ने व्यक्ति आफैँले गर्नु पर्नेछ । कार्यविधिका विषयमा जानकारी दिँदै कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले भने, ‘जथाभावी सार्वजनिक ठाउँ, अर्काको घर आँगनमा वा निषेधित स्थलमा दिशा पिसाब गराएर फोहोरमैला बनाउने वा पालेको कुकुर बिरालो छाडा छोडेका पाइएमा सम्बन्धित धनीलाई महानगरपालिकाले ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।’
सहरी सुन्दरता र व्यवस्थापनका लागि महानगर प्रहरी बलले प्रचलित कानुन कार्यान्वयनमा सक्रियता बढाएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न
-
निजी क्षेत्रबिना आर्थिक रूपान्तरण असम्भव, राज्य एक्लैले स्रोत जुटाउन सक्दैन : पूर्वअर्थमन्त्री पाण्डे
-
मोबाइल नष्ट प्रकरणबारे के भन्छन् शिक्षामन्त्री पाेखरेल ?
-
काठमाडौँ महानगरको बैठकमा वडाध्यक्षहरूको आक्रोश : सुकुमबासी व्यवस्थापनदेखि सर्भर डाउनसम्मका समस्याको चाङ
-
बजेट घोषणाको मुखैमा सुदूरपश्चिम सरकारका मन्त्री फेरबदलः बजेटमा कस्तो पर्ला असर ?
-
चैते धानमा ‘नेक ब्लास्ट’ रोगको प्रकोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण