प्रहरीले लगायो ‘लिटिल बुद्ध’लाई हत्कडी, प्रहरी पुगेपछि दुई तलाबाट हामफालेर भाग्न खोजेका थिए
काठमाडौँ । ‘तपस्वी’ राम बहादुर बम्जन (लिटिल बुद्ध)लाई प्रहरीले हत्कडी लगाएको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले हात्तिगौंडाबाट पक्राउ गरेको हो ।
प्रहरी पुग्दा उनी घरको दोस्रो तलाबाट हामफालेर भाग्न खोजेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख (एआईजी) किरण बज्राचार्यले बम्जन भाग्न खोजेको बताइन् । उनले भनिन्,‘भाग्न खोजेका थिए ।’
बम्जनलाई पक्राउ गर्न ब्यूरोका डीएसपी धर्मराज भण्डारी नेतृत्वको टिम उनी बस्ने घरमा पुगेको थियो । हात्तिगौंडामा उनी परिवारसँग बस्दै आएका थिए । बम्जनको निगरानीमा २५ जना प्रहरी परिचालन गरिएको हुनाले उनी भाग्न पाएनन् ।
अपरेशनमा खटिएका एकजना प्रहरी अधिकृत भन्छन्,‘बाहिर र भित्र कभर गरेका थियौँ, त्यसैले उनी भाग्न सकेनन् ।’
सीआईबीको टोलीले अहिले उनको घरमा सर्च अपरेशन चलाइरहेको छ । बम्जनलाई महाराजगञ्जस्थित ब्यूरोको कार्यालयमा ल्याइएको छ । उनीविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ । आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा प्रहरीले उनलाई खोजिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण