शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुलका डिफेन्डर ट्रेन्ट अलेक्ज्यान्डर आर्नोल्ड तीन साता मैदान बाहिर

बुधबार, २५ पुस २०८०, १० : ०४
बुधबार, २५ पुस २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका चर्चित डिफेन्डर ट्रेन्ट अलेक्ज्यान्डर आर्नोल्ड करिब तीन साता मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटका कारण उनले कम्तिमा तीन साता कुनै पनि प्रतियोगिता खेल्न नसक्ने भएका हुन् ।

इङ्ल्यान्डको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्यसमेत रहेका २५ वर्षिय आर्नोल्ड गत आइतबार एफए कपको तेस्रो चरणको खेल खेल्ने क्रममा घाइते भएका थिए । एफए कपको उपाधि खेलमा लिभरपुलले आर्सनललाई २–० गोलले हराएको थियो ।

‘आर्नोल्डको घुँडाको गम्भीर चोट लागेको छ । उनको लिगामेन्टमा पनि समस्या देखिएको छ । उनी कम्तिमा तीन साता मैदान वाहिर रहने छन् । अहिले उनी चिकित्सकहरुको रेखदेखमा छन्,’ क्लबका सहायक प्रशिक्षक पेप लिजिन्डर्सले भनेका छन् ।

आर्नोल्ड सन् २०१६ मा लिभरपुलको सिनियर टोलीमा आबद्ध भएका थिए । त्यसअघि पनि उनी लिभरपुलकै युवा टोलीका महत्वपूर्ण सदस्य थिए । जारी सिजनको प्रिमियर लिग तालिकामा लिभरपुल सबैभन्दा अगाडि छ ।

लिभरपुलले हालसम्म २० खेल खेलेर ४५ अंक जोडेको छ । प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा आसिन एस्टन भिल्लाले समान खेलबाट ४२ अंक बटुलेको छ । लिभरपुलले बुधबार राति काराबाओ कपको सेमिफाइनलको पहिलो लेग खेलमा फुलहामको सामना गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप