लिभरपुलका डिफेन्डर ट्रेन्ट अलेक्ज्यान्डर आर्नोल्ड तीन साता मैदान बाहिर
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका चर्चित डिफेन्डर ट्रेन्ट अलेक्ज्यान्डर आर्नोल्ड करिब तीन साता मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटका कारण उनले कम्तिमा तीन साता कुनै पनि प्रतियोगिता खेल्न नसक्ने भएका हुन् ।
इङ्ल्यान्डको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्यसमेत रहेका २५ वर्षिय आर्नोल्ड गत आइतबार एफए कपको तेस्रो चरणको खेल खेल्ने क्रममा घाइते भएका थिए । एफए कपको उपाधि खेलमा लिभरपुलले आर्सनललाई २–० गोलले हराएको थियो ।
‘आर्नोल्डको घुँडाको गम्भीर चोट लागेको छ । उनको लिगामेन्टमा पनि समस्या देखिएको छ । उनी कम्तिमा तीन साता मैदान वाहिर रहने छन् । अहिले उनी चिकित्सकहरुको रेखदेखमा छन्,’ क्लबका सहायक प्रशिक्षक पेप लिजिन्डर्सले भनेका छन् ।
आर्नोल्ड सन् २०१६ मा लिभरपुलको सिनियर टोलीमा आबद्ध भएका थिए । त्यसअघि पनि उनी लिभरपुलकै युवा टोलीका महत्वपूर्ण सदस्य थिए । जारी सिजनको प्रिमियर लिग तालिकामा लिभरपुल सबैभन्दा अगाडि छ ।
लिभरपुलले हालसम्म २० खेल खेलेर ४५ अंक जोडेको छ । प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा आसिन एस्टन भिल्लाले समान खेलबाट ४२ अंक बटुलेको छ । लिभरपुलले बुधबार राति काराबाओ कपको सेमिफाइनलको पहिलो लेग खेलमा फुलहामको सामना गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण