मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कर्मचारी सञ्चय कोषले योगदानकर्ताका दम्पतीको उपचार खर्च पनि बेहोर्ने

बुधबार, २५ पुस २०८०, १० : ४१
बुधबार, २५ पुस २०८०

काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको दम्पतीलाई समेत बीमाको दायरामा ल्याएको छ । कोषले २०८० फागुन १ गतेदेखि लागू हुने गरेर सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो ।

अहिलेसम्म सामाजिक सुरक्षा कोषले मात्रै दम्पतीको उपचार खर्च बेहोर्दै आइरहेको थियो । यही वर्षको फागुन महिनादेखि भने सञ्चय कोषले समेत दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो ।

सञ्चय कोषले सञ्चयकर्तालाई सामान्य रोग लागेमा १ लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आइरहेको छ । यस्तै, घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आइरहेको छ । 

image

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप