सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण

बुधबार, २५ पुस २०८०, १२ : ०९
बुधबार, २५ पुस २०८०

काठमाडौँ । विश्व बैंकले आगामी आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षमा नेपालले ३.९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको विश्व बैंकले आगामी वर्षमा ५ प्रतिशत हासिल हुने प्रक्षेपण गरेको हो ।

नेपालले गत आर्थिक वर्ष २०२२/२३ मा १.९ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो । यस्तै, दक्षिण एसियामा भारतले सबैभन्दा धेरै आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ । भारतले ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

यसपछि, बङ्गलादेशले ५.८ प्रतिशत वृद्धि हासिल गर्ने र तेस्रो स्थानमा मालदिभ्सले ५.५ प्रतिशत वृद्धिदर भेट्टाउने विश्व बैंकको प्रक्षेपण छ । यसपछि नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकले जनाएको छ ।

यस्तै, भुटानले ४.६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दा पाकिस्तान र श्रीलंकाले समान २.४ प्रतिशते वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप