नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण
काठमाडौँ । विश्व बैंकले आगामी आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षमा नेपालले ३.९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको विश्व बैंकले आगामी वर्षमा ५ प्रतिशत हासिल हुने प्रक्षेपण गरेको हो ।
नेपालले गत आर्थिक वर्ष २०२२/२३ मा १.९ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो । यस्तै, दक्षिण एसियामा भारतले सबैभन्दा धेरै आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ । भारतले ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
यसपछि, बङ्गलादेशले ५.८ प्रतिशत वृद्धि हासिल गर्ने र तेस्रो स्थानमा मालदिभ्सले ५.५ प्रतिशत वृद्धिदर भेट्टाउने विश्व बैंकको प्रक्षेपण छ । यसपछि नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकले जनाएको छ ।
यस्तै, भुटानले ४.६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दा पाकिस्तान र श्रीलंकाले समान २.४ प्रतिशते वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण