एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बैठक आजै बुधवार दिउँसो ३ बजेका लागि बोलाएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीले तय गरेका उम्मेदवार र त्यसपछि पार्टीमा देखिएको असन्तुष्टिका साथै पार्टी विधानबारे छलफल हुनेछ । नेकपा एकीकृत समाजवादीमा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटप्रति असन्तुष्टि देखिएको छ ।
उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टीबाट राजीनामाको घोषणा नै गरेका छन् । ‘समग्रमा राष्ट्रियसभाको जुन परिकल्पना गरिएको थियो । दलहरू त्यो भन्दा विपरीत १८० डिग्रीमा गएका छन् । यसले हाम्रो पार्टीमा मात्रै होइन हरेक पार्टीमा असन्तुष्टि देखिएको छ’, खनालले रातोपाटीसँग भने, ‘हाम्रो पार्टीमा देखिएको असन्तुष्टिबारे सचिवालय बैठकमा छलफल हुन्छ ।’
नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनसँगको भागबन्डामा माघ ११ मा हुने १९ राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दुई सिट पाएको छ । त्यसमा सो पार्टीले बागमती प्रदेशको दलित कोटामा घनश्याम रिजाल (दोलखा) र कर्णाली प्रदेश महिला कोटामा सावित्री मल्ल (दैलेख)लाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण