दुधको रकम भुक्तानी नभए चितवनका किसानले आन्दोलन गर्ने
काठमाडौँ । दुधको रकम भुक्तानी नभएको भन्दै चितवनका दुध उत्पादक किसानले आन्दोलन गर्ने भएका छन् । दुधको २२ करोड रकम भुक्तानी नभएको भन्दै उनीहरूले यही पुस २९ गतेबाट आन्दोलन गर्ने भएका हुन् ।
सरकारसँग पाँच बुँदे माग राख्दै सो पुरा नभएमा आन्दोलन गर्ने चितवन दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा किशोर बगाले चेतावनी दिए । दुधको बजारीकरण सहज गर्नुपर्ने, दुधको भुक्तानी समयमै हुनुपर्ने, सहुलियत ऋण सुलभ तरिकाले किसानले प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्ने, बिमामा देखिएको समस्याको सहजीकरण गर्नुपर्ने र बागमती प्रदेश सरकारबाट दिँदै आएको दुध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले पाउनु पर्ने माग राखिएको बगालेले बताए ।
बजारीकरणमा समस्या तथा दुग्ध किसानहरूको भुक्तानीमा ढिलाइ भई किसानको समस्या झन् जटिल भएको उनले उल्लेख गरे । त्यसको असर दुग्ध किसान नै पलाएन हुने अवस्था रहेको उनले बताए । पछिल्लो समय देशभरका किसानले एक सय देखि १ सय २५ दिनको दुध बिक्री गरी भुक्तानी पाउन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण