मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

दुधको रकम भुक्तानी नभए चितवनका किसानले आन्दोलन गर्ने

बुधबार, २५ पुस २०८०, १५ : ५३
बुधबार, २५ पुस २०८०

काठमाडौँ । दुधको रकम भुक्तानी नभएको भन्दै चितवनका दुध उत्पादक किसानले आन्दोलन गर्ने भएका छन् । दुधको २२ करोड रकम भुक्तानी नभएको भन्दै उनीहरूले यही पुस २९ गतेबाट आन्दोलन गर्ने भएका हुन् । 

सरकारसँग पाँच बुँदे माग राख्दै सो पुरा नभएमा आन्दोलन गर्ने चितवन दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा किशोर बगाले चेतावनी दिए । दुधको बजारीकरण सहज गर्नुपर्ने, दुधको भुक्तानी समयमै हुनुपर्ने, सहुलियत ऋण सुलभ तरिकाले किसानले प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्ने, बिमामा देखिएको समस्याको सहजीकरण गर्नुपर्ने र बागमती प्रदेश सरकारबाट दिँदै आएको दुध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले पाउनु पर्ने माग राखिएको बगालेले बताए । 

बजारीकरणमा समस्या तथा दुग्ध किसानहरूको भुक्तानीमा ढिलाइ भई किसानको समस्या झन् जटिल भएको उनले उल्लेख गरे । त्यसको असर दुग्ध किसान नै पलाएन हुने अवस्था रहेको उनले बताए । पछिल्लो समय देशभरका किसानले एक सय देखि १ सय २५ दिनको दुध बिक्री गरी भुक्तानी पाउन सकेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप