राम मन्दिर प्राणप्रतिष्ठा कार्यक्रमको निमन्त्रणा कांग्रेसद्वारा अस्वीकार
नयाँ दिल्ली । अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको अभिषेक कार्यक्रममा सहभागी हुन दिएको निमन्त्रणा भारतीय कांग्रेसले अस्वीकार गरेको छ । यस सम्बन्धमा कांग्रेस पार्टीले जारी गरेको आधिकारिक विज्ञप्तिमा पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गे, कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी र लोकसभामा पार्टी नेता अधीर रञ्जन चौधरीलाई राम मन्दिरको उद्घाटनको निमन्त्रणा प्राप्त भएको जानकारी दिइएको छ।
मन्दिरको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन दिएको निमन्त्रणा अस्वीकार गर्नुको कारण पनि कांग्रेसले दिएको छ । कांग्रेसले भनेको छ, ‘भगवान रामलाई करोडौं भारतीयले पुज्छन्, धर्म मानिसको व्यक्तिगत कुरा हो । तर भाजपा र आरएसएसले वर्षौंदेखि अयोध्याको राम मन्दिरलाई राजनीतिक परियोजना बनाएका छन्। आधा बनेको मन्दिरको उद्घाटन हुनु स्पष्ट छ। चुनावी फाइदा उठाउनको लागि मात्रै यस्तो गरिएको हो ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘माननीय सर्वोच्च अदालतको २०१९ को निर्णयलाई स्वीकार गर्दै, जनताको विश्वासको सम्मान गर्दै, मल्लिकार्जुन खर्गे, सोनिया गान्धी र अधीर रञ्जन चौधरीले यस कार्यक्रमको लागि भाजपा र आरएसएसको निमन्त्रणालाई सम्मानपूर्वक अस्वीकार गर्दछन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण