राम मन्दिर प्राणप्रतिष्ठा कार्यक्रमको निमन्त्रणा कांग्रेसद्वारा अस्वीकार

नयाँ दिल्ली । अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको अभिषेक कार्यक्रममा सहभागी हुन दिएको निमन्त्रणा भारतीय कांग्रेसले अस्वीकार गरेको छ । यस सम्बन्धमा कांग्रेस पार्टीले जारी गरेको आधिकारिक विज्ञप्तिमा पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गे, कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी र लोकसभामा पार्टी नेता अधीर रञ्जन चौधरीलाई राम मन्दिरको उद्घाटनको निमन्त्रणा प्राप्त भएको जानकारी दिइएको छ।
मन्दिरको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन दिएको निमन्त्रणा अस्वीकार गर्नुको कारण पनि कांग्रेसले दिएको छ । कांग्रेसले भनेको छ, ‘भगवान रामलाई करोडौं भारतीयले पुज्छन्, धर्म मानिसको व्यक्तिगत कुरा हो । तर भाजपा र आरएसएसले वर्षौंदेखि अयोध्याको राम मन्दिरलाई राजनीतिक परियोजना बनाएका छन्। आधा बनेको मन्दिरको उद्घाटन हुनु स्पष्ट छ। चुनावी फाइदा उठाउनको लागि मात्रै यस्तो गरिएको हो ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘माननीय सर्वोच्च अदालतको २०१९ को निर्णयलाई स्वीकार गर्दै, जनताको विश्वासको सम्मान गर्दै, मल्लिकार्जुन खर्गे, सोनिया गान्धी र अधीर रञ्जन चौधरीले यस कार्यक्रमको लागि भाजपा र आरएसएसको निमन्त्रणालाई सम्मानपूर्वक अस्वीकार गर्दछन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा गहुँ उत्पादन घट्यो
-
आधा छोटो बनाइयो सरकारको नीति तथा कार्यक्रम, भोलि सार्वजनिक हुने
-
सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली
-
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै