विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी, तीनजना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले तीनजनलाई पक्राउ गरेको छ , पक्राउ पर्नेमा ३४ वर्षीया बेन्जु महत, २६ वर्षीय महेश तामाङ र ४८ वर्षीया उर्मिला चेम्जोङ रहेका छन् ।
काठमाडौँ बुढानीलकण्ठ घर भएकी बेन्जु महतले अमर बहादुर पुनलाई अमेरिकामा प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भन्दै २३ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेकी थिइन् । उनलाई पुस २४ गते बुढानीलकण्ठबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
त्यस्तै, नवलपरासी बर्दघाट नगरपालिका–१५ घर भएका महेश तामाङले वैदेशिक रोजगारीमा टर्की पठाइदिन्छु रमेश थापासहित ३ जनाबाट ५ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । उनलाई पनि पुस २४ गते नवलपरासी (पूर्व) देवचुलीबाट पक्राउ गरिएको रेग्मीको भनाई छ ।
यता धनकुटा घर भई हाल काठमाडौँ बस्दै आएकी उर्मिला चेम्जोङले संगत थापासहित २ जनालाई पोर्चुगलको प्रतिष्ठित कम्पनीमा ड्राइभिङको काम लगाइदिन्छु भन्दै १० लाख ५० रुपैयाँ रकम लिएर फरार भएकी थिइन् । उनलाई कीर्तिपुरबाट पुस २५ गते पक्राउ गरिएको थियो । तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपरीक्षक रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण