टीआरसीको कार्यविधि २०८१ असार मसान्तसम्म थप
काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी)को कार्यविधि २०८१ साल असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । साथै यसको म्याद थप गर्न बाधा अड्काउ फुकाऊ आदेश गर्ने गर्ने र त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८१ साल असार मसान्तसम्म थप गर्न र यसैसाथ संलग्न बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने’, मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।
मन्त्रिपरिषद्ले बुँदा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सङ्घीय संसद्मा पेस गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण