मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

सन्दीप लामिछानेद्वारा राष्ट्रिय क्रिकेटबाट अलग भएको घोषणा

बुधबार, २५ पुस २०८०, २३ : २१
बुधबार, २५ पुस २०८०

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन् । जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै लामिछानेले राष्ट्रिय टीमबाट अलग भएको घोषणा गरेका हुन् । 

उनले नेपाल क्रिकेट संघका अध्यक्ष चतरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै यसबारे जानकारी गराएको क्यान स्रोतले बताएको छ । 

उनले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन जान लागेको र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बाचा पनि गरेका छन् । अदालतबाट निर्दोष प्रमाणित नहुञ्जेलसम्म क्यानले राष्ट्रिय क्रिकेट टिमबाट म अलग्एिको छु। म आशा गर्दछु कि क्यानले यो निर्णयलाई सहज रुपमा लिनेछ’, उनले भनेका छन् ।

यसैबीच सन्दीप लामिछानेले आफू आर्थिक समस्यामा परेको भन्दै क्यानबाट रोकिएको भुक्तानी फुकुवा गरिदिन पनि आग्रह गरेका छन् ।  यस्तै कम खेलमा नै १०० विकेट लिने विश्व कीर्तिमान आफ्नो नाम बनेकामा खुसी व्यक्त गर्दै सन्दीपले कतिपय कठिन समयमा पनि देशका लागि खेलेको स्मरण गरेका छन् । 

उनले आफू काठमाडौँ अदालतबाट दोषी ठहर भएपनि न्यायका लागि फेरि माथिल्लो अदालतमा जाने समेत बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप