नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन आजदेखि
टीकापुर । रेशम चौधरीले जेलबाट संरक्षक रहेर स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ । कैलालीको टीकापुरमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको पार्टीले जनाएको छ । बिहीबारदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।
महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी हुनेछन् । तर सर्वसम्मतरुपमा नेतृत्व चयन हुने संरक्षक चौधरीको दाबी छ ।
नेताहरूका अनुसार अब चौधरी आफैँ पार्टीको अध्यक्ष बन्ने तयारीमा छन् । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ । विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ ।
०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठुलो राजनीतिक दल हो । टीकापुर घटनापछि जेल परेका संरक्षक चौधरीले जेलबाटै श्रीमती चौधरीलाई अध्यक्ष बनाएर पार्टी गठन गरेका थिए । अध्यक्ष चौधरी चुनाव जितेर अहिले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रीसमेत छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण