आठ गोलको थ्रिलरमा रियल विजयी, ग्रिजमानको कीर्तिमान
रियाद । साउदी अरबमा आयोजित स्पेनिस सुपर कपको सेमिफाइनलमा रियल मड्रिडले आठ गोलको थ्रिलरमा एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । बुधबार भएको खेलमा रियल ५–३ गोलअन्तरले विजयी बन्यो ।
खेलमा रियल छैटौँ मिनेटमा नै पछि परेको थियो । मारियो हर्मोसोले एट्लेटिकोलाई अग्रता दिलाएका थिए । तर, २० औँ मिनेटमा एन्टोनियो रुडिगरले रियलका लागि बराबरी गोल फर्काए ।
९ मिनेटपछि फर्लान मेन्डीले ड्यानी कार्भाहालको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए । रियलको अग्रता लामो समय भने टिक्न सकेन । ३७ औँ मिनेटमा एन्टोनियो ग्रिजमानले गोल गर्दै खेल बराबरी गरे । क्लबका लागि उनको यो रेकर्ड १ सय ७४ औँ गोल थियो । उनले लुइस आरागोनेसको कीर्तिमान भङ्ग गरेका हुन् ।
दोस्रो हाफको ७८ औँ मिनेटमा रुडिगरले आत्मघाती गोल गरेपछि एट्लेटिकोले पुनः अग्रता लियो । तर, कार्भाहालले ८५ औँ गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए ।
निर्धारित समयमा बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गर्यो । जसमा स्टेफन साभिचले आत्मघाती गोल गर्नुका साथै ब्राहिम डियाजले अर्को गोल थपेपछि रियल फाइनलमा प्रवेश गर्यो ।
अब रियलले फाइनलमा ओसासुना र बार्सिलोनामध्ये एकको सामना गर्नेछ । बिहीबार हुने खेलमा बार्सा विजयी बने फाइनलमा लगातार दोस्रो एल क्लासिको हुनेछ । गत वर्ष बार्सा ३–१ गोलले विजयी बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण