सेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ३० करोडको कारोबार
काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । कारोबार सुरु हुँदा परिसूचक बढेपनि अन्तिम समयमा ‘करेक्सन’ हुँदै ०.६२ अंकको गिरावटसँगै बन्द भएको हो ।
२०९१ अंकबाट सुरु भएको नेप्से परिसूचक बढेर २१०६ अंकसम्म पुगेको थियो । तर, अन्तिम समयमा ओरालो लाग्दै २०८९ अंकमा आइपुगेर रोकिएको हो । यसक्रममा आज १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर कायम छ ।
परिसूचकमा सामान्य गिरावट आएपनि धेरैजसो कम्पनीको मूल्य बढेको छ । ६ वटा कम्पनीको मूल्य नै १० प्रतिशतले बढेको छ । यस्तै, थप ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । नेपाल एसबीआई बैंक ऋणपत्र २०८९ को सेयर मूल्य भने ९.६० प्रतिशतले घट्यो ।
परिसूचक घटेको दिन ४ समूहको सूचक बढेको छ । जलविद्युत समूहको सूचक ३९ अंकले बढ्दा व्यापार समूहको सूचक ११ अंकले बढेको छ । यस्तै, लघुवित्त समूहको सूचक ३१ अंकले बढ्दा अन्य समूहको सूचक ३.८८ अंकले बढेको छ । आज हिमालयन बैंकको प्रमोटर सेयर २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
परिसूचक ०.०३ प्रतिशतले घटेको दिन ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँभन्दा बढीको २ करोड २१ लाख कित्ता सेयर किनबेच भएको छ । यसअघि, लगातार तीन दिनसम्म नेप्से परिसूचक बढेको थियो । यो साताको आइतबार पनि परिसूचक घटेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण