शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
नेप्से

सेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ३० करोडको कारोबार

बिहीबार, २६ पुस २०८०, १५ : ५१
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । कारोबार सुरु हुँदा परिसूचक बढेपनि अन्तिम समयमा ‘करेक्सन’ हुँदै ०.६२ अंकको गिरावटसँगै बन्द भएको हो ।

२०९१ अंकबाट सुरु भएको नेप्से परिसूचक बढेर २१०६ अंकसम्म पुगेको थियो । तर, अन्तिम समयमा ओरालो लाग्दै २०८९ अंकमा आइपुगेर रोकिएको हो । यसक्रममा आज १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर कायम छ ।

परिसूचकमा सामान्य गिरावट आएपनि धेरैजसो कम्पनीको मूल्य बढेको छ । ६ वटा कम्पनीको मूल्य नै १० प्रतिशतले बढेको छ । यस्तै, थप ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । नेपाल एसबीआई बैंक ऋणपत्र २०८९ को सेयर मूल्य भने ९.६० प्रतिशतले घट्यो ।

परिसूचक घटेको दिन ४ समूहको सूचक बढेको छ । जलविद्युत समूहको सूचक ३९ अंकले बढ्दा व्यापार समूहको सूचक ११ अंकले बढेको छ । यस्तै, लघुवित्त समूहको सूचक ३१ अंकले बढ्दा अन्य समूहको सूचक ३.८८ अंकले बढेको छ । आज हिमालयन बैंकको प्रमोटर सेयर २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

परिसूचक ०.०३ प्रतिशतले घटेको दिन ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँभन्दा बढीको २ करोड २१ लाख कित्ता सेयर किनबेच भएको छ । यसअघि, लगातार तीन दिनसम्म नेप्से परिसूचक बढेको थियो । यो साताको आइतबार पनि परिसूचक घटेको थियो ।

image

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप