आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणगढ—बुटवल र मुग्लिन—पोखरा सडकको काममा तीव्रता आएको छ : मन्त्री ज्वाला

बिहीबार, २६ पुस २०८०, १६ : १९
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले नारायणगढ—बुटवल र मुग्लिन—पोखरा सडक खण्डको कामले तीव्रता पाएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । 

मन्त्री ज्वालाले दुवै राजमार्गहरुको एक साइट टु लेन छिटोभन्दा छिटो सक्ने गरी कामअघि बढाइएको बताए । उनले सरकारलै सो क्षेत्रमा समस्या समाधान पहिचान गरिसकेकाले अब काम तीव्र रुपमा अघि बढ्ने दाबी गरे । उनले मन्त्रायलसहितको टिम केही दिनमै सो राजमार्गको अवलोकन एवं निरीक्षणका लागि जाने सो क्रममा सर्वपक्षीय भेला राखेर समस्याको समाधान गरी काम छिटो सक्ने बताए । उनले सो सडकखण्डका मुख्य समस्या स्थानीय निर्माण सामग्री रहेको बताए । 

मन्त्री ज्वालाले निर्माण सामग्रीको हकमा पनि नारायणगढ—बुटवलको पूर्वीखण्डमा समस्या नरहेको तर पश्चिम खण्डमा रहेको केही समस्याको समाधानका लागि स्थानीय तहसँग समन्वय र सहकार्यको पहल गरिरहेको बताए । उनले सो सडकखण्डहरुमा अहिले विद्युत् पोल र तारको केही समस्या रहेपनि चाँडै त्यसको समाधान हुने प्रतिबद्धता व्यक्त गरे । सरकारले अहिले सडकको मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताए । उनले पछिल्लो समय दुवै सडक खण्ड (नारायणगढ—बुटवल र मुग्लिन—पोखरा) मा प्रगति उल्लेख्य रहेको बताए ।

मन्त्री ज्वालाले सरकारले लगाएका ठेक्का पट्टालाई काम लगाउने नै पहिलो प्राथमिकता बनाएको बताए । उनले काम गरे÷नगरेको बारेमा मन्त्रालयको टिम नै गएर अवलोकन एवं निरीक्षण गर्ने र काम नभएको देखिए ठेक्का तोड्ने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप