नारायणगढ—बुटवल र मुग्लिन—पोखरा सडकको काममा तीव्रता आएको छ : मन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले नारायणगढ—बुटवल र मुग्लिन—पोखरा सडक खण्डको कामले तीव्रता पाएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।
मन्त्री ज्वालाले दुवै राजमार्गहरुको एक साइट टु लेन छिटोभन्दा छिटो सक्ने गरी कामअघि बढाइएको बताए । उनले सरकारलै सो क्षेत्रमा समस्या समाधान पहिचान गरिसकेकाले अब काम तीव्र रुपमा अघि बढ्ने दाबी गरे । उनले मन्त्रायलसहितको टिम केही दिनमै सो राजमार्गको अवलोकन एवं निरीक्षणका लागि जाने सो क्रममा सर्वपक्षीय भेला राखेर समस्याको समाधान गरी काम छिटो सक्ने बताए । उनले सो सडकखण्डका मुख्य समस्या स्थानीय निर्माण सामग्री रहेको बताए ।
मन्त्री ज्वालाले निर्माण सामग्रीको हकमा पनि नारायणगढ—बुटवलको पूर्वीखण्डमा समस्या नरहेको तर पश्चिम खण्डमा रहेको केही समस्याको समाधानका लागि स्थानीय तहसँग समन्वय र सहकार्यको पहल गरिरहेको बताए । उनले सो सडकखण्डहरुमा अहिले विद्युत् पोल र तारको केही समस्या रहेपनि चाँडै त्यसको समाधान हुने प्रतिबद्धता व्यक्त गरे । सरकारले अहिले सडकको मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताए । उनले पछिल्लो समय दुवै सडक खण्ड (नारायणगढ—बुटवल र मुग्लिन—पोखरा) मा प्रगति उल्लेख्य रहेको बताए ।
मन्त्री ज्वालाले सरकारले लगाएका ठेक्का पट्टालाई काम लगाउने नै पहिलो प्राथमिकता बनाएको बताए । उनले काम गरे÷नगरेको बारेमा मन्त्रालयको टिम नै गएर अवलोकन एवं निरीक्षण गर्ने र काम नभएको देखिए ठेक्का तोड्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण