भन्सार छलेर ल्याएको ७ वटा गाडी बरामद
बिहीबार, २६ पुस २०८०, १७ : २९

काठमाडौँ । प्रहरीले भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल बरामद गरेको छ । भारतबाट चोरी गरेर भन्सार छलेर ल्याएका सवारी साधन काठमाडौँबाट बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले रातोपाटीलाई बताए ।
बरामद गाडीहरूमध्ये दुई वटा भारतीय नम्बरका छन् । भे.१ च ३६९९ नम्बरको स्कोर्पियो, भारतीय नम्बर प्लेट भएको क्रेटा र भेन्यु तथा नेपाल नम्बर प्लेट भएका क्रेटा र ब्रेजा प्रहरीले बरामद गरेको छ । बरामद गाडीहरू आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसपी केसीले जानकारी दिए ।