बागमती प्रदेशका सबै सडकमा तीन वर्षभित्र कालोपत्र गरिन्छ : मुख्यमन्त्री जम्कट्टेल

मन्थली । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशका सबै कच्ची सडकमा तीन वर्षभित्र कालोपत्र भइसक्ने बताएका छन् । मन्थलीमा आज रामेछाप उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बृहत रामेछाप महोत्सव–२०८० को उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सबै सडकमा कालोपत्र भइसक्ने बताएका हुन् ।
उनले आगामी दिनमा रु ५० लाखभन्दा कम बजेटका योजना स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी अख्तियारी दिने तयारी पनि भएको पनि बताए । बागमती प्रदेशले उद्योग ग्राम बनाउने नीति लिएको र आगामी माघदेखि सोको कार्यान्वयन सुरु हुने बताए ।
त्यस अवसरमा प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले प्रदेशका अधिकांश जिल्लामा उद्योग व्यापारसहित पर्यटन समेतको प्रवर्द्धनका लागि मन्त्रालय लागेको बताए । एघार दिनसम्म चल्ने महोत्सवमा एक सय ५० प्रदर्शनी कक्ष छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की