बागमती प्रदेशका सबै सडकमा तीन वर्षभित्र कालोपत्र गरिन्छ : मुख्यमन्त्री जम्कट्टेल
मन्थली । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशका सबै कच्ची सडकमा तीन वर्षभित्र कालोपत्र भइसक्ने बताएका छन् । मन्थलीमा आज रामेछाप उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बृहत रामेछाप महोत्सव–२०८० को उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सबै सडकमा कालोपत्र भइसक्ने बताएका हुन् ।
उनले आगामी दिनमा रु ५० लाखभन्दा कम बजेटका योजना स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी अख्तियारी दिने तयारी पनि भएको पनि बताए । बागमती प्रदेशले उद्योग ग्राम बनाउने नीति लिएको र आगामी माघदेखि सोको कार्यान्वयन सुरु हुने बताए ।
त्यस अवसरमा प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले प्रदेशका अधिकांश जिल्लामा उद्योग व्यापारसहित पर्यटन समेतको प्रवर्द्धनका लागि मन्त्रालय लागेको बताए । एघार दिनसम्म चल्ने महोत्सवमा एक सय ५० प्रदर्शनी कक्ष छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण