जागिरको लागि दिनहुँ ९०० किलोमिटर यात्रा गर्छन् यी पुरुष
ओहियो । कार्यालयसम्म जान हरेक कर्मचारी आफ्नो सुविधाअनुसारका माध्यम रोज्छन् । कोही पैदल नै हिँडेर जान्छन्, कोही सार्वजनिक यातायातका साधन चढ्छन् अनि कोही निजी सवारी साधनमा जान्छन् । अहिले त पठाओ, इन्ड्राइभर जस्ता मञ्चबाट बाइक वा ट्याक्सी पनि बोलाउन सकिन्छ । ९०० किमि पर रहेको कार्यालय पुग्न दिनहुँ हवाई यात्रा गर्ने व्यक्तिबारे तपाईँले सुन्नु भएको छ ?
यी व्यक्ति वाल स्ट्रिट जर्नलका पत्रकार हुन् । चिप कटर ओहियो बस्छन् । उनको अफिस न्यूयोर्कमा छ । हप्तामा तीन दिन यिनी ओहिओबाट विमान चढेर न्यूयोर्क जान्छन् । अफिस जान यिनी बिहान सबा ४ बजे उठिसक्छन् । हरेक दिन ६ बजेको फ्लाइटमा चढ्छन् । ९०० किमिको यात्रा पूरा गरेर कार्यालय पुग्छन् । अनि काम सकेर फेरि हवाई यात्रा गर्दै घर फर्किन्छन् । यसबाट आफ्नो निजी जिन्दगी प्रभावित भएपनि यो यात्रा न्यूयोर्कमा बस्नु भन्दा सस्तो पर्ने उनी बताउँछन् ।
कोरोना भाइरसको महामारीको बेलामा उनले घरबाटै काम गरे । वर्क फर्म होम सकिएपछि २०२२ देखि न्यूयोर्कमा बस्नु भन्दा हवाई यात्रा गर्न थाले । न्यूयोर्कमा स्टुडियो फ्लाटमा बस्नका लागि मात्रै मासिक ३ हजार ३०० डलर खर्च गर्नु पर्थ्यो । तर महिनाभरको हवाई यात्रा यो भन्दा सस्तो पर्ने अनि उल्टै पैसा बच्ने कटरको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण