पहिलो महाधिवेशन
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी
शुक्रबार, २७ पुस २०८०, १३ : ४५

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदका लागि पार्टीका संरक्षक रेशम चौधरी उम्मेदवार उठेका छन् । कैलालीको टिकापुरमा जारी महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता कार्यक्रम जारी रहेको छ ।
अहिलेसम्म अध्यक्ष पदमा रेशम चौधरीको उम्मेदवारी मात्र परेको नागरिक उन्मुक्ति पार्टीका एक नेताले बताए । हालसम्म निवर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठको उम्मेदवारी परेको छैन । यद्यपि उनी पनि अध्यक्षका लागि आकांक्षी हुन् ।
नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सोहीअनुसार अन्य पदमा पनि उम्मेदवारी दिनेक्रम सुरु भएको छ ।
महाधिवेशनबाट पार्टी अध्यक्षसहित एकजना सहअध्यक्ष, एकजना महासचिव, सातजना सचिव, सातजना उपाध्यक्ष, सातजना सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ पदाधिकारी चयन हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधिकालागी बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने