पहिलो महाधिवेशन
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी
शुक्रबार, २७ पुस २०८०, १३ : ४५
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदका लागि पार्टीका संरक्षक रेशम चौधरी उम्मेदवार उठेका छन् । कैलालीको टिकापुरमा जारी महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता कार्यक्रम जारी रहेको छ ।
अहिलेसम्म अध्यक्ष पदमा रेशम चौधरीको उम्मेदवारी मात्र परेको नागरिक उन्मुक्ति पार्टीका एक नेताले बताए । हालसम्म निवर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठको उम्मेदवारी परेको छैन । यद्यपि उनी पनि अध्यक्षका लागि आकांक्षी हुन् ।
नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सोहीअनुसार अन्य पदमा पनि उम्मेदवारी दिनेक्रम सुरु भएको छ ।
महाधिवेशनबाट पार्टी अध्यक्षसहित एकजना सहअध्यक्ष, एकजना महासचिव, सातजना सचिव, सातजना उपाध्यक्ष, सातजना सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ पदाधिकारी चयन हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण