शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्नुपर्छ: कमल थापा

शुक्रबार, २७ पुस २०८०, १७ : ४४
शुक्रबार, २७ पुस २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदान कुनै संस्था वा राजनीतिक व्यवस्थासँग मात्रै सम्बन्धित नभएकाले त्यस रूपमा हेर्न नहुने बताएका छन् । थापाले राष्ट्र निर्माता  शाहको जन्म जयन्तीलाई राजकीय रूपमा मनाउन र उनको तस्बिर नेपाली नोटमा अंकित गर्न सरकारसँग माग गरे । 

 २०३ औं पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रवार पार्टीले काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरे । उनले कसैलाई पनि निषेध नगर्ने खालको राजनीतिक प्रणालीको विकास गर्न सकेमात्रै मुलुकमा शान्ति, राजनीतिक स्थायित्व र आर्थिक विकास सम्भव हुने धारणा राखे । 

पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरु बीचको वृहत् मोर्चा बनाएर मात्रै मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्न सकिने बताए । 

 ‘जहाँसम्म हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने कुरा छ । यो केवल राप्रपा वा राप्रपा नेपाल मात्रै मिलेर पनि हुँदैन । यो त सबै राष्ट्रवादी, प्रजातान्त्रिक, देशभक्त शक्तिहरूको बिचमा एकता र एउटा वृहत् मोर्चाको आवश्यकता पर्दछ ’, उनले भने, ‘ पृथ्वीनारायण शाहको योगदान कुनै राजनीतिक व्यवस्था वा संस्थासँग मात्रै सम्बन्धित छैन ।  यो वास्तविकतालाई बुझेर सिंगो राज्यले नै पृथ्वीनारायण शाहको योगदानको संस्मरण गर्नुपर्दछ । राष्ट्र निर्माताको सम्मान गर्दै नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्ने र साथसाथै केवल सार्वजनिक बिदा दिने मात्रै होइन, भव्य रूपमा राष्ट्रिय एकता दिवस सरकारी स्तरबाटै पनि मनाइनुपर्दछ भन्ने मेरो आग्रह छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप