हुथी विद्रोहीविरुद्ध अमेरिका र बेलायतसँग सीमित सैन्य विकल्प
वासिङ्टन । अमेरिकी र बेलायती सेनाले यमनमा हुथी विद्रोहीको ठेगानामा आक्रमण गरेका छन् । यसबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले आवश्यक परे थप सैन्य कारबाही गर्न नहिचकिचाउने बताएका छन् ।
तर, अमेरिकाले मध्यपूर्वमा द्वन्द्व बढ्दै गएको हेर्न नचाहेको पनि स्पष्ट पारेको छ । यसले संकेत गर्छ कि यदि अमेरिकी नेतृत्वले थप कदम चाल्छ भने यो सीमित हुनेछ।
हवाई आक्रमण र लामो दुरीका क्षेप्यास्त्रहरू प्रत्यक्ष सैन्य अपरेशनहरू भन्दा कम खतरनाक हुन्छन् तर यो महँगो छ र त्यो पनि यो समयमा जब अमेरिकामा राष्ट्रपति चुनाव हुन गइरहेको छ। अमेरिकाले हालैका महिनाहरूमा इराक र सिरियामा इरान समर्थित समूहहरूलाई लक्षित गरी सीमित संख्यामा हवाई आक्रमण गरिरहेको छ।
गत राति हुथी विद्रोहीको स्थानमा भएको आक्रमणले लाल सागरमा जहाजहरूलाई निशाना बनाउने हुथी विद्रोहीको क्षमतालाई असर गरेको हुन सक्छ। तर हुथी विद्रोहीहरूले पहिले योभन्दा साउदी एयर फोर्सको आक्रमण धेरै ठूला आक्रमणहरूको सामना गरिसकेका छन् । हुथी विद्रोहीहरूसँग अझै पनि थप आक्रमण गर्ने क्षमता छ। अमेरिका र बेलायतको अगाडि वास्तविक विकल्प भनेको टाढाबाट हुथी विद्रोहीहरूलाई लक्षित गर्नु नै हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण