अन्ततः नागरिक उन्मुक्ति पार्टीको महासचिवमा गङ्गाराम निर्विरोध
शनिबार, २८ पुस २०८०, ०७ : २०
धनगढी । नागरिक उन्मुक्ति पार्टीको महासचिवमा प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
निकै लामो टसलका बिच महासचिवमा चौधरी निर्विरोध निर्वाचित भएका हुन् । कैलालीको टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा यसअघि महासचिव टुङ्गो नलाग्दै अध्यक्षसहित २४ पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए ।
तर महासचिवमा गङ्गाराम चौधरी, लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्म चौधरी, नेता ठाकुरसिंह थारुले दाबी गरेका थिए । अन्तिममा थारुले उम्मेदवारी फिर्ता लिए पनि भौतिक पूर्वाधार मन्त्री रहेका चौधरीले फिर्ता लिन मानेका थिएनन् । उनलाई अन्य जिम्मेवारी दिने सर्तमा महासचिवको जिम्मेवारी गङ्गाराम चौधरीलाई दिइएको पार्टीका अध्यक्ष रेशमलाल चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण