एसियन कप फुटबलमा कतारको शानदार सुरुआत
काठमाडौँ । एएफसी एसियन कप फुटबलमा आयोजक राष्ट्र कतारले विजयी सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा लेबनानलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै समूह ए मा कतारले स्पष्ट ३ अङ्क पनि लिएको छ । कतारलाई जिताउन अक्रम अफिफले २ तथा अल्मोएज अलिले १ गोल गरेका थिए ।
विश्वकपको फाइनल भएको लुसेल स्टेडियममा कतारले ४५ औँ मिनेटमा अग्रता लिएको थियो । अलिको पासमा अफिफले गोल गर्दै अग्रता दिलाएका थिए । ५६ औँ मिनेटमा अलीले मोहमद वादको पासमा हेडर गोल गर्दै अग्रता दोब्बर बनाए ।
यसैगरी अतिरिक्त समयको छैटौँ मिनेटमा अफिफले व्यक्तिगत दोस्रो गोल गर्दा आयोजक राष्ट्र कतार ३–० को सहज जितका साथ प्रतियोगिता सुरुआत गर्न सफल भयो ।
प्रतियोगिता अन्तर्गत आज ३ खेल हुने छन् । जसमा समूह एमा रहेको चीन र ताजकिस्तानबीच प्रतिस्पर्धा हुने छ ।
यो खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने छ । यसैगरी समूह बीमा रहेका अस्ट्रेलिया र भारतले सवा ५ बजे खेल्ने छन् भने उज्वेकिस्तान र सिरियाले राति सवा ८ बजे खेल्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण