माओवादी विधान अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुने, प्रतिव्यक्ति एक हजार शुल्क
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुने भएको छ । शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले प्रतिनिधिको मापदण्ड तय गर्दै प्रतिनिधिको टुङ्गो लगाएको हो । बैठकले आगामी फागुन (१–३)सम्म काठमाडौँको प्रज्ञाभवन कमलादीमा अधिवेशन गर्ने निर्णय गरेको थियो ।
प्रतिनिधिमा केन्द्रीय सदस्य, सल्लाहकार, ज्येष्ठ नागरिक मञ्च, केन्द्रीय आयोगहरू, प्रदेशका पदाधिकारी, ७७ वटै जिल्लाका संयोजक, जनवर्गीय सङ्गठन केन्द्रका प्रमुखहरू सहभागी हुने सचिव गणेश साहले जानकारी दिए । साहका अनुसार अर्को बैठकमा केही फेरबदल पनि हुन सक्ने बताए । ‘१३ सय प्रतिनिधि सहभागी हुने बैठकले निर्णय गरेको छ । प्रतिनिधिको मापदण्ड पनि तोकिएको छ । यसबारे अर्को बैठकमा केही फेरबदल हुन सक्छ’, सचिव साहले भने ।
आर्थिक व्यवस्थापनका लागि प्रत्येक प्रतिनिधिबाट एक हजार उठाउने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । अहिलेसम्म पानी र खाजा पार्टी कोषबाट व्यहोर्ने निर्णय भएको उनले बताए ।
‘आर्थिक व्यवस्थापनका लागि प्रत्येक प्रतिनिधिबाट हजार रुपैयाँ उठाउने निर्णय भएको छ । खानाको कुरा भएको छैन । खाजा पानी पार्टी कोषबाट व्यहोर्ने निर्णय भएको छ । बाँकी विषयमा फेरी पदाधिकारी बैठक बसेर निर्णय गर्ला’, सचिव उपाध्यायले जानकारी दिए ।
विधान संशोधनका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा ७ सदस्यीय मस्यौदा समिति गठन गरेको थियो । मस्यौदा समितिमाथि बैठकमा छलफल भएको थियो । २१ दिन छलफलका लागि तल्लो तहसम्म छलफलमा लैजाने भएको छ । पूरक प्रस्तावसहित कार्यदलले एकरुपता दिने तयारी भएको कार्यदल सदस्यसमेत रहेका सचिव साहले बताए । तल्लो तहबाट आएको सुझावसहित मस्यौदामाथि माघ २६ गते बस्ने स्थायी समिति बैठकमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण