मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

जुठो स्यान्डबिच फेसबुकमा १७ करोडमा बेच्न राखेपछि...

आइतबार, २९ पुस २०८०, १२ : ५२
आइतबार, २९ पुस २०८०

काठमाडौँ । एउटा स्यान्डबिचको मूल्य कति पर्ला ? हामीलाई थाहै छ । पछिल्लो समय हरेक रेस्टुराँ र होटेलमा स्यान्डबिच पाइन्छ । तर फेसबुकमा एउटा स्यान्डबिच जुन मूल्यमा बेच्न राखिएको थियो त्यो सुनेर तपाईं हामी छक्कै पर्नेछौं ।

स्यान्डबिच १३ लाख डलर अर्थात् १७ करोड २८ लाख नेरुभन्दा बढी मूल्यमा विक्री गर्न राखिएको थियो । कसैले खाएर बाँकी रहेको जुठो स्यान्डबिचलाई यति धेरै मूल्य तोकिएको खबर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सबैजना यो कसरी भयो भनेर कन्फ्युजनमा देखिन्थे । न्यूयोर्क पोस्टमा छापिएको एउटा समाचारका अनुसार स्यान्डबिच बेच्न फेसबुक मार्केटप्लेसमा पोस्ट गरिएको थियो ।

यो मार्केटप्लेसमा मान्छेले प्रयोग गरेका सामानहरू किनबेच हुन्थ्यो । पोस्टमा स्यान्डविचबारे जानकारी पनि दिइएको थियो । यो स्यान्डबिच बेलायतको लिस्चरमा बस्ने एक व्यक्तिले गएको मंगलबार विक्रीका लागि पोस्ट गरेका थिए । यसलाई ‘यम्मी’को श्रेणीमा राखिएको थियो । विवरणमा भने ‘नयाँ’ ग्रिल्ड, आधा खाइएको स्यान्डबिच लेखिएको थियो ।

चिज र एक प्रकारको मासु हालिएको स्यान्डबिचलाई निकै क्रिस्पी भनिएको थियो । विक्रेताले खाएर नसकेकोले यसलाई बेच्न राखिएको पनि विवरणमा उल्लेख गरिएको थियो । उक्त मञ्चमा यस्तो खालको अनौठो खानेकुरा देखिएको यो पहिलो पटक थियो। फेसबुकमा बेला बेलामा यस्ता उटपट्याङ पोस्ट देख्न पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप