बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
तरुल र चाकु किन्नेको भिड, तस्बिरहरू
माघे सङ्क्रान्ति

तरुल र चाकु किन्नेको भिड, तस्बिरहरू

आइतबार, २९ पुस २०८०

काठमाडौँ । माघे सङ्क्रान्तिका लागि काठमाडौँका तरकारी तथा फलफूल बजार बजारमा तरुल व्यापारको चटारो लागेको छ । काठमाडौँका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेको हो । 

काठमाडौँ उपत्यकामा मुख्य गरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गर्दछ । साथै नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, काभ्रेपलान्चोक र नुवाकोटका तरुलहरू पनि काठमाडौँमा माघे सङ्क्रान्तिका लागि बिक्री हुने गर्दछन् । 

त्यस्तै बजारमा चाकुको माग पनि बढेको छ ।  नेवारी संस्कृतिमा माघ १ गते चाकु खानुपर्ने प्रचलन छ । चाकु चिसो लागेका बेला पनि खाने चलन छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्न सक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ । 

chaku tarul (1)chaku tarul (2)chaku tarul (3)chaku tarul (4)chaku tarul (5)chaku tarul (6)chaku tarul (7)chaku tarul (8)chaku tarul (9)chaku tarul (10)chaku tarul (11)chaku tarul (12)chaku tarul (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया