टोमाटो केचअप र ‘सस’ आयातमा बाहिरियो ५८ करोड
आइतबार, २९ पुस २०८०, १७ : २२
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा ५८ करोड रुपैयाँभन्दा धेरैको टमाटो सस भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा ५८ करोडभन्दा बढीको सस भित्रिएको हो ।
विदेशबाट नेपालमा विभिन्न चार क्याटोगोरीमा टोमाटो केचअप र टोमाटो सस आयात हुँदै आएको छ । टोमाटो केचअपको नाममा ६ करोड २२ लाख रुपैयाँ बराबरको २ लाख ७७ हजार किलोग्राम भित्रिएको छ ।
यस्तै, २ करोड ४ लाख रुपैयाँ बराबरको सोया सस आयात हुँदा सस र मिक्स ससको आयातबापत ३० करोड ३३ लाख रुपैयाँ बाहिरिएको छ । यो शीर्षकमा ५ लाख ९४ हजार किलोग्राम वस्तु आयात भएको छ ।
यसबाहेक, अन्य ससको शीर्षकमा १९ करोड ७९ लाख रुपैयाँको आयात भएको छ । यो शीर्षकमा ४ लाख १२ हजार किलोग्राम सस भित्रिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण