टोमाटो केचअप र ‘सस’ आयातमा बाहिरियो ५८ करोड
आइतबार, २९ पुस २०८०, १७ : २२

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा ५८ करोड रुपैयाँभन्दा धेरैको टमाटो सस भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा ५८ करोडभन्दा बढीको सस भित्रिएको हो ।
विदेशबाट नेपालमा विभिन्न चार क्याटोगोरीमा टोमाटो केचअप र टोमाटो सस आयात हुँदै आएको छ । टोमाटो केचअपको नाममा ६ करोड २२ लाख रुपैयाँ बराबरको २ लाख ७७ हजार किलोग्राम भित्रिएको छ ।
यस्तै, २ करोड ४ लाख रुपैयाँ बराबरको सोया सस आयात हुँदा सस र मिक्स ससको आयातबापत ३० करोड ३३ लाख रुपैयाँ बाहिरिएको छ । यो शीर्षकमा ५ लाख ९४ हजार किलोग्राम वस्तु आयात भएको छ ।
यसबाहेक, अन्य ससको शीर्षकमा १९ करोड ७९ लाख रुपैयाँको आयात भएको छ । यो शीर्षकमा ४ लाख १२ हजार किलोग्राम सस भित्रिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा