दुर्घटना न्यूनीकरण कार्यदल गठनका लागि यातायात व्यवसायी राष्ट्रिय महासङ्घकाे आग्रह
काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना न्यूनीकरण कार्यदल गठनका लागि सरकारलाई आग्रह गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी पछिल्लो समय मुलुकमा सवारी दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरणका लागि तीनै तहको सरकार, यातायात व्यवसायी र यातायात मजदुरको संलग्नता रहनेगरी कार्यदल गठन गर्न सरकारलाई आग्रह गरेका हुन् ।
महासङ्घले पुस २७ गते नेपालगञ्जबाट यात्रु लिएर काठमाडौँ आउँदै गरेको बस दाङको भालुवाङ चेकपोष्ट नजिक दुर्घटना हुँदा १२ यात्रुको घटनास्थलमा मृत्यु भएको र २४ यात्रु घाइते भई देशको विभिन्न अस्पतालमा उपचार भइरहेको भन्दै दुःख व्यक्त गरेको छ ।
महासङ्घले दुर्घटनामा मृत्यु भएका आम यात्रुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवाजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
महासचिव गौतमले भवितव्य दुर्घटनाबाट मृत्यु भएका मृतकका परिवारलाई सरकारले उचित क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्दै घाइतेको सम्पूर्ण उपचारको जिम्मा सरकारले लिन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण