पत्रपत्रिका
कुवेतद्वारा ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला
सोमबार, ०१ माघ २०८०, ०६ : ०४
काठमाडौँ । कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लङ्घनकर्तालाई देश निकाला गरेको जनाएको छ ।
कुवेतले कानुन उल्लङ्घन गर्नेहरूलाई प्रक्रिया पूरा गरी सम्बन्धित देशमा फिर्ता पठाउने कार्यलाई निरन्तरता दिएको हो । आन्तरिक मन्त्रालयका सबै शाखाले सक्रिय रूपमा निवास र रोजगार कानुनको उल्लङ्घन गर्ने व्यक्तिहरूलाई पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको एक सुरक्षा अधिकारीले जनाएका छन् । रेसिडेन्सी र रोजगार कानुन उल्लङ्घन गर्नेहरूको ठुलो समूहलाई लक्षित गरी धरपकड गर्ने जनाइएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन