बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

माघी एकता र सद्भावको पर्व : मुख्यमन्त्री चौधरी

सोमबार, ०१ माघ २०८०, ०९ : १७
सोमबार, ०१ माघ २०८०

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माघी एकता र सद्भावको पर्व भएको बताएका छन् । माघी पर्व तथा माघे सङ्क्रान्तिको शुभकामना दिँदै मुख्यमन्त्री चौधरीले माघीलाई उल्लासपूर्ण रूपमा मनाउनु पर्ने र चाडपर्व तथा संस्कृतिहरूको संरक्षण तथा सम्बर्द्धन गर्दै पर्वलाई हर्ष, खुसी र मनोरञ्जनपूर्ण बनाउँदै बन्धुत्व, एकता र सद्भाव कायम गरेर लैजानु पर्ने बताएका हु् । 

यस महान् पर्वले सबैमा उत्साह एवम् उमङ्ग थपोस् र सबै बिच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायमको लागि शुभकामना दिएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश हो । यहाँ विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति, रीतिरिवाज, रहनसहन आ-आफ्नै छन् । माघी पर्व तथा मकर (माघे) सङ्क्रान्तिलाई हिमाल, पहाड र तराईमा बसोबास गर्ने नागरिकले आआफ्ना परम्परागत विशेषता र प्रकृति अनुसार मनाउने गर्दछन् ।

माघी थारु जातिको नयाँ वर्ष समेत भएकाले संस्कृतिहरूको संरक्षण तथा सम्बर्द्धन गर्दै हर्ष, खुसीका साथ मनाउँदै बन्धुत्व, एकता र सद्भाव कायम गर्न आग्रह गरेका छन् । पर्वले  शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् शुभकामनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप