माघी एकता र सद्भावको पर्व : मुख्यमन्त्री चौधरी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माघी एकता र सद्भावको पर्व भएको बताएका छन् । माघी पर्व तथा माघे सङ्क्रान्तिको शुभकामना दिँदै मुख्यमन्त्री चौधरीले माघीलाई उल्लासपूर्ण रूपमा मनाउनु पर्ने र चाडपर्व तथा संस्कृतिहरूको संरक्षण तथा सम्बर्द्धन गर्दै पर्वलाई हर्ष, खुसी र मनोरञ्जनपूर्ण बनाउँदै बन्धुत्व, एकता र सद्भाव कायम गरेर लैजानु पर्ने बताएका हु् ।
यस महान् पर्वले सबैमा उत्साह एवम् उमङ्ग थपोस् र सबै बिच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायमको लागि शुभकामना दिएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश हो । यहाँ विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति, रीतिरिवाज, रहनसहन आ-आफ्नै छन् । माघी पर्व तथा मकर (माघे) सङ्क्रान्तिलाई हिमाल, पहाड र तराईमा बसोबास गर्ने नागरिकले आआफ्ना परम्परागत विशेषता र प्रकृति अनुसार मनाउने गर्दछन् ।
माघी थारु जातिको नयाँ वर्ष समेत भएकाले संस्कृतिहरूको संरक्षण तथा सम्बर्द्धन गर्दै हर्ष, खुसीका साथ मनाउँदै बन्धुत्व, एकता र सद्भाव कायम गर्न आग्रह गरेका छन् । पर्वले शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् शुभकामनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण