विनोद भण्डारीको उत्कृष्ट शतकसँगै आर्मीले मधेसलाई दियो ३ सय २१ रनको विशाल लक्ष्य
काठमाडौँ । कप्तान विनोद भण्डारीको उत्कृष्ट शतकसँगै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा मधेस प्रदेशलाई जितका लागि तीन सय २१ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आर्मी क्लबले निर्धारित ओभरमा सबै विकेट गुमाएर तीन सय २० रन बनाएको हो । आर्मी क्लबका लागि कप्तान विनोदले एक सय १३ रनको योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले केवल ९३ बलको सामना गरी ६ छक्का र नौ चौका पनि हिर्काए ।
त्यसअघि ओपनर सन्तोष कार्कीले ४२ रन बनाएका थिए । उनले ५४ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । अर्का ओपनर इमरान शेखले पनि २६ रन बनाए । भीम सार्की १८ रनमा पभेलियन फर्किएका थिए ।
कुशल मल्लले पनि टोलीको खातामा ३७ रन थपे । उनले ४४ बलमा दुई छक्का र दुई चौका हिर्काए । विवेक यादवले पनि ३७ रन बनाए । बसिर अहमद १६ रनमा आउट भए । आर्मी क्लबले अतिरिक्त रूपमा पनि १६ रन पाएको थियो ।
मधेस प्रदेशका बलर रञ्जित कुमार एक्लैले पाँच विकेट लिए । उनले नौ ओभरमा ४१ रन खर्चिएका थिए । विशाल पटेलले पनि दुई विकेट हात पारे । रुपेश सिंह र राजेश यादवले पनि एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण