चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
सुनसरी । केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो ।
चिसोका कारण इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय चन्दन मेहताले बताए । दैनिक रुपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको कोशी गाउँपालिका–६ का भटाई सदाले बताए ।
एकचालिस थान कम्बल हस्तान्तरण
केही दिनदेखि बढेको अत्यधिक चिसोबाट जोगाउनका लागि उद्योग वाणिज्य सङ्घ इनरुवाले जिल्ला प्रशासन कार्यालयलाई गए राति ४१ थान कम्बल हस्तान्तरण गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई अति विपन्न परिवारलाई वितरण गर्न कम्बल हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष वीरेन्द्रकुमार साहले बताए ।
आर्थिक अवस्था कमजोर भएका परिवारलाई चिसोबाट बचाउन वाणिज्य सङ्घले २१ थान र नेपाल–भारत मैत्री सङ्घले २० थान कम्बल वितरण गरेका सङ्घका उपाध्यक्ष गिरिजा अटलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण