शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सचिवालय बैठक

मन्त्रीको कार्यसम्पादन कमजोर भएको भन्दै एकीकृत समाजवादीले माग्यो प्रगति विवरण

सोमबार, ०१ माघ २०८०, १८ : २४
सोमबार, ०१ माघ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको रिपोर्ट कार्ड मागेको छ । 

सोमबार बसेको सचिवालयको बैठकले सरकारमा रहेको मन्त्रीहरुको प्रगतिविवरण माग्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

‘सरकारमा हाम्रो पार्टीका तर्फबाट जानुभएका मन्त्रीहरुले आजसम्म के कस्ता कामहरु गर्नुभएको छ ? कस्तो प्रगति भएको छ त्यसको विवरण पार्टीमा बुझाउन बैठकले निर्देशन गरेको छ’, खतिवडाको भनाइ छ । 

सरकारमा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र कृषि मन्त्री बेदुराम भुसाल सहभागी छन् ।

त्यस्तै बैठकले राष्ट्रिय सभामा उठेका गठबन्धनका उम्मेदवारहरू जिताउन पार्टी पंक्तिलाई आह्वान गरेको छ । त्यसबाहेक सो पार्टीले भारतीय विदेशमन्त्री लगायत विभिन्न देशसँग भएका सहमतिहरु सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।  

त्यसैगरी माघ ८ गते ११ बजे बस्नेगरी महाधिवेशन मस्यौदाबारे छलफल गर्न पार्टीको विधान मस्यौदा समितिको बैठक बोलाउने निर्णय पनि बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप