सकियो ‘ह्रस्व दीर्घ’को छायाङ्कन
काठमाडौँ । चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘ह्रस्व दीर्घ’को छायाङ्कन सकिएको छ । अभिनेत्री तथा निर्माता निता ढुङ्गानाले फिल्मको सुटिङ सकिएको सामाजिक सञ्जाल मार्फत जानकार दिएकी छन् । उनले फिल्म युनिटको एक तस्बिर पोस्ट गर्दै फिल्म प्याकअप भनेर लेखेकी छन् ।
छायाङ्कन सुरु भएको लामो समयपछि फिल्म सकिएको हो । फिल्मको छायाङ्कन दुई चरणमा भएको छ । पहिलो चरणको छायाङ्कन भारतमा भएको थियो भने दोस्रो चरणको नवलपरासी, चितवनमा गरिएको छ ।
यसै फिल्म मार्फत अभिनेत्री बिपना थापा करिब १३ वर्षपछि अभिनयमा फर्किएकी छन् । फिल्ममा बिपनाको अलवा निता ढुंगाना, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, सरोज खनालको अभिनय छ । साउथ कलाकार प्रदीप रावतको समेत अभिनय फिल्ममा देख्न सकिन्छ ।
अभिनेत्री निता ढुंगानाको फिल्म कम्पनी निता ढुंगाना फिल्मस्को ब्यानरमा निर्माण भएको ‘ह्रस्व दीर्घ’ हलसँगै ओटीटी प्लेटफर्ममा पनि रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्कास्पद पार्किङ अस्वाभाविक : रवि लामिछाने
-
मन्त्री लम्सालको योजना अचम्मको छ, मेरो क्षेत्रमा बजेट नपरे पनि म प्रभावित भएँ : सांसद मगर
-
राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण
-
एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने
-
बाग्मतीका पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता दिन सुरु
-
स्ट्रेट अफ होर्मुज भएर जाने जहाजबाट २० प्रतिशत टोल फी असुल्न खोज्दैछन् ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण