आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जनवरी १६ अर्थात् नथिङ डे, कसरी मनाइन्छ ?

मङ्गलबार, ०२ माघ २०८०, १२ : ३७
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । दिनहुँ काम गर्दा हामी थाक्छौँ । जिन्दगीका अनेक समस्याबिच हामीले बाँच्नै भुलिसकेको हुन्छौँ । यस्तोमा आफ्नो लागि अलिकति मात्रै समय निकाल्न पनि गाह्रो हुन्छ । त्यसैले अमेरिकामा हरेक वर्ष १६ जनवरीमा नेशनल नथिङ डे मनाइन्छ । यो दिनमा यहाँका मानिसहरू आराम मात्रै गर्छन्, रिल्याक्स मोडमा रहन्छन् । न त केही सोच्दैनन्, न केही गर्छन् । नथिङ डे आफैँसँग मात्रै समय बिताउने दिन हो ।

कसरी सुरु भयो नथिङ डे ?

नथिङ डेको प्रस्ताव सबैभन्दा पहिलो अमेरिकी पत्रिकाका लागि लेख्ने हेरोल्ड कफिनले गरेका थिए । यो दिन कसैले केही नगर्ने अनि जसलाई जसरी बस्न मन छ उसैगरी बस्ने कफिनको विचार थियो । यसलाई उनले जीवनलाई ‘सेलिब्रेट’ गर्ने दिनको रुपमा मनाउन खोजेका थिए । कहिलेकाहिँ मान्छेलाई पनि आराम चाहिन्छ भन्ने स्मरण गराउने दिन हो नथिङ डे । वर्षभरिमा एक दिन त मान्छेसँग आरामले बस्ने र आफैँलाई समय दिने अनुमति होस् भनेर यो दिवस मनाइएको हो ।

के के हुन्छ नथिङ डेमा ?

यो दिन कोही दिनभरि सुतेर बिताउँछन् । कोही चाहिँ आफ्नो लागि खाना पकाउँछन् । पढ्ने, गेम खेल्ने, फिल्म वा टिभी शो हेर्ने वा डेटमा गएर पनि यो दिनलाई बिताउन सकिन्छ । घरपरिवारका सदस्यका साथमा समय बिताउन सकिन्छ । केही गर्न मन नभए दिनभरि आरामसँग पल्टिएर पनि बिताउँदा हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप