देश विकास गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः सुवाल
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश विकास गर्न नसक्ने हो भने राजीनामा दिनुपर्ने बताएका छन् ।
२६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरूको बैठक राखेर आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्याएको बताएको भन्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिए । उनले अघिल्लो सरकारहरूले गरेको भएपनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताए । राणा शासन र पञ्चायत विरुद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताए । जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न चेतावनी दिए । उनले नेपालका प्रधानमन्त्रीहरूसँग देश विकासको खाका नरहेको जिकिर गर्नुभयो । गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई नर्क बनाएको उनको आरोप छ ।
उनले भने, ‘हाम्रा प्रधानमन्त्रीहरूसँग देश विकासको खाकै छैन । अस्ति प्रधानमन्त्रीले हामीसँग बैठक बोलाएर भन्नुभयो, अर्थतन्त्र मैले यस्तो बनाएको होइन, म त एक वर्ष मात्रै भयो, देशको अर्थतन्त्र ध्वस्त भयो । प्रधानमन्त्रीको भनाइ । अघिल्लो सरकारहरूले ध्वस्त भएको भए आफूले सम्हाल्ने हो नि । होइन भने राजीनामा दिएर घर बसे भइहाल्यो नि । राणा शासनको विरुद्ध लडेको, पञ्चायतको विरुद्ध लडेको बहुदल र गणतन्त्र अब केही गर्न सकिँदैन भनेर हुन्छ । जनतालाई धोका दिने सिंहदरबार कब्जा गरेर । हामीले धोका दिन र भाग्न पाइँदैन भनेका छौँ । प्रधानमन्त्री भएर भाग्न पाइन्छ । यस्तो नेतृत्व भएसम्म सारा नेपाली विदेशमा छन् । २ हजार ३१८ जना एक वर्षमा नेपाली डाक्टर विदेश पठायो सरकारले । नेपाली जनताले उपचार गर्नुपर्दैन । असल चरित्रको प्रमाण पत्र दिने रे । तपाईँको काम के हो भनेर सरकारलाई सोध्दा विदेश जाने डाक्टरलाई असल चरित्रको प्रमाणपत्र दिने । परराष्ट्रमन्त्रीलाई के हो काम भन्दा राहदानी बाँड्ने रे । हाम्रो प्रधानमन्त्री र मन्त्रीको काम कस्तो लाजमर्दो । परराष्ट्रमन्त्रीले एउटा बैठकमा मलाई अहिले साह्रै गाह्रो दिनको सात हजार राहदानी वितरण गर्नुपर्छ रे । देशलाई नर्क बनाउने काम भएको छ । निर्वाचनमा जित्नु मात्रै ठूलो कुरा होइन । अहिलेसम्मको बहुदल र गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले यस्तो चासो नै राखेको छैन ।’
सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताए । उनले ८ पटकसम्म उद्घाटन भएको भन्दै एक पटक मात्रै उद्घाटन गरेर पानी वर्ष दिन नै वितरण गर्ने काममा लाग्न सुझाव दिए । २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा जनचेतनामूलक शैक्षिक प्रदर्शनी गरिएको हो । भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा जनचेतनामूलक शैक्षिक प्रदर्शनी भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण