एमालेका मनोनीत ६ केन्द्रीय सदस्यले लिए शपथ
मङ्गलबार, ०२ माघ २०८०, १४ : ४८
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा मनोनीत ६ जनाले आज शपथ लिएका छन् । गत पुस २० गते बसेको एमाले सचिवालय बैठकले ५ पूर्व प्रदेश अध्यक्ष र एक जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो ।
मनोनीत केन्द्रीय सदस्यहरूलाई मंगलबार अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा शपथ गराएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । एमाले सचिवालय बैठकले कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम अवतार यादव, बाग्मतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह र सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारी र झापा जिल्ला अध्यक्ष दीपक थापा पनि एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण